"सौता बन्न गएका बलिउडका १० हिरोइन"


 महिलाको लागि सौता भित्रिनु वा कसैको सौता बन्न जानु अवश्यपनि पि्रय कुरा हुनै सक्दैन ।
तर अपि्रय भएपनि कतिपय महिला राजिखुसीले त कतिपय बाध्यताले पनि सौता बन्न वा सौता भित्राउन बाध्य हुन्छन् ।
सेलिब्रेटीहरुको हकमा भने बाध्यता भन्दा रहरले सौता बन्न जाने चलन बढि हुन्छ । बलिउड फिल्म उद्योगमा पनि त्यस्ता धेरै हिरोइनहरु छन् जसले विवाहित पुरुषहरुसँग बिहे गरेर सौता बन्न गए । यहाँ त्यस्ता १० जना हिरोइनको नाम प्रस्तुत गरिएको छ ः
  •  हेमा मालिनी  उनले अभिनेता धर्मेन्द्रसँग बिहे गरेकी छिन्, जबकी धर्मेन्द्रले पहिलो पत्नीको रुपमा प्रकाश कौरलाई भित्राएका थिए ।
  •  करिश्मा कपूर   करिश्मा कपूर पनि विवाहित पुरुषसँगै विवाह गर्ने नायिका हुन् । दिल्लीका उद्योगपछि संजय कपूरसँग उनको बिहे भयो । संजयकी पहिलो श्रीमती नन्दिता हुन् ।
  •  लारा दत्त  उनले टेनिस स्टार महेश भूपतिसँग बिहे गरेकी छिन् । महेशले पहिलो बिहे मोडेल श्वेता जयशंकरसँग गरेका थिए ।
  • शिल्पा शेट्टी   कुमार केटो फेला पार्न नसक्ने हिरोइनमा शिल्पा सेट्टी पनि पर्छिन् । उनले पनि बिहे गरिसकेका राज कुन्द्रासँग बिहे गरेर बच्चा समेत पाइसकेकी छिन् ।
  •  महिमा चौधरी   महिमा पनि इन्जिनियर बबी मुखर्जीकी दोश्रो श्रीमती बनेर भित्रिएकी हुन् ।
  •  रविना टण्ठडन   पहिलो श्रीमतीको रुपमा नताशा सिप्पीलार्य भित्राएका फिल्म वितरक अनिल थडानीसँग बिहे गरेकी रविना पनि विवाहित पुरुषसँग झ्याइँ पार्ने हिरोइनमा पर्छिन् ।
  •  शबाना आजमी   जावेद अख्तरसँग बिहे गरेकी शबाना पनि सोही कोटीमा पर्छिन् । जावेदकी पहिलो श्रीमती हनी इरानी हुन् ।
  •  जयाप्रदा   उनले श्रीकान्त नाहटाकी दोश्री श्रीमती बनेर भित्रिइन्, जबकी श्रीकान्तकी पहिलो श्रीमती चन्द्रा थिइन् ।
  •  श्रीदेवी  निर्माता बोनी कपूरको दोश्रो श्रीमती बनेर भित्रिएकी श्रीदेवीकी सौता मोनाको हालैमात्र निधन भएको छ ।
  •  स्मिता पाटिल  स्वर्गीय स्मिता पाटिलले राज बब्बरसँग बिहे गरेकी थिइन् । स्मरण रहोस् राजले पहिलो विवाह नादिरासँग गरेका थिए ।
Share on :

0 comments:

 
© Copyright Koshi Darpan 2011 - All rights reserved | Design By: Surendra Uperkoti.