Popular Posts

Followers

कसरी पत्ता लगाउने कम्प्युटरमा खतरनाक भाइरस छ–छैन ?

एफबीआईले सन् २०११ को नोभेम्बरमा ह्याकरहरुको एक गिरोहलाई पक्राउ गरेको थियो, जसले ४० लाख कम्प्युटरमा भाइसर पठाएका थिए । उक्त गिरोहले विभिन्न सरोबरबाट भाइसर पठाएका कम्प्युटरको प्रयोगकर्ताले जबरजस्ती विभिन्न विज्ञापन हेर्नु पर्नेछ, जसका कारण उक्त गिरोहले पैसा पाउने छ । बताइएअनुसार उक्त गिरोहले यसरी १.४० करोड डरल कमाएको छ ।
उनीहरुले इन्टरनेटमा डोमेन नेम लुक अप नामक एक कार्यप्रणाली कब्जा गरेर यस्तो गरेका हुन् । अहिले पनि थुप्रै कम्प्युटरहरुमा उक्त गिरोहले पठाएको भाइरसको असर बाँकी रहेको एफबीआईका आधिकारीह्रुले बताएका छन् । समाचार एनेज्सी रोयटर्सका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनहिरुले अवरुद्ध गरिने इन्टरनेट सेवा छिट्टै सुचारु गर्ने आश्वासन दिएका छन् ।
कसरी पत्ता लगाउने भाइरस छ छैन
आफ्नो कम्प्युटरको उक्त भाइसर छ भने केही सेकेण्डमा नै पत्ता लगाउन सक्नु हुनेछ । वेभसाइट www.dns-ok.ca/ मा गएर पेजको सबैभन्दा पुछारमा जानुहोस र Agree मा क्लिक गर्नुहोस । त्यसपछि खुल्ने पेजमा हरियो रंगको व्यानर देखिए खुसी हुनुहोस । किनकी तपाई कम्प्युटर उक्त खतरनाक भाइसरबाट सुरक्षित छ । रातो रंगको व्यानर देखिएमा भने तपाईको कम्प्युटरमा पनि उक्त गिरोहले पठाएको भाइसर छ भन्ने प्रष्ट हुनेछ । तर, तपाई इन्टीभाइरसलाई एक्टिभ गरेर त्यसलाई हटाउन सक्नु हुनेछ ।
यस्तै तपाई म्यानुअल्ली पनि यसलाई जाँच गर्न सक्नु हुनेछ । माइक्रोसफ्ट विण्डज प्रयोग गर्नु हुन्छ भने Start menu मा क्लिक गर्नुहोस र रनमा जानुहोस् । त्यहाँ cmd.exe टाइप गरेर इन्टर थिच्नुहोस् । अब कालो रंगको कमाण्ड विण्डो खुल्नेछ, जसमा ipconfig /all टाइप गरेर इन्टर थिच्नुहोस । त्यहाँ जुन जानकारी आउँछ, त्यसमा हेर्नुहोस कि तपाईको कम्प्युटरको आईपी एड्रेस र डीएनएस सर्वर तल दिइएको नम्बरमा मिल्छ कि मिल्दैन । तल दिइएको नम्बरको सिरिजसँग मिल्यो भने तपाईको कम्प्युटरमा भइरस छ भनेर जान्नुपर्छ ।
यस्तै एप्पल प्रयोग गर्नुहुन्छ भने System Preferences मा जानुहोस् । Network छान्नुहोस् र  connection used for internet access मा क्लिक गर्नुहोस् । त्यसपछि Advanced मा क्लिक गर्नुहोस् र  DNS tab मा क्लिक गर्नुहोस ।
भाइसर भएको कम्प्युटरको आईपी र डीएनएस सर्वर नम्बर
5.255.112.0 बाट 85.255.127.25
67.210.0.0 बाट 67.210.15.255
93.188.160.0 बाट 93.188.167.255
77.67.83.0 बाट 77.67.83.255
213.109.64.0 बाट 213.109.79.255
64.28.176.0 बाट 64.28.191.255
कम्प्युटरमा भाइस भेटिए के गर्ने
यस खतरनाक भाइरस हटाउने उपाय पनि इन्टरनेटमा नै छ । फ्रि भाइरस स्क्यान एण्ड रिमुबर सफ्टवेयरका लागि www.dcwg.org/fix/ मा जान सक्नु हुनेछ । त्यसअघि तपाईले आफ्नो महत्वपूर्ण डाटाहरु भने ब्याकअप राख्न नभुल्नु होला ।
एजेन्सीको सहयोगमा
Read Post | comments

फेसबुकमा घोषणा गरेरै जापानमा नेपालीद्धारा आत्महत्या


२१ असार, टोक्यो । संसारकै सवैभन्दा धेरै आत्महत्या हुने मुलुकका रुपमा चिनिने जापानमा पछिल्लो दिनमा नेपालीहरुले पनि आत्महत्या गर्नेक्रम बढेको छ ।
बिहीवार बिहान मात्रै जापानको साइतामा केनमामा एक नेपालीले आत्महत्या गरेका छन् । कुक भिसामा जापान आएर स्थायी बसोबासको अनुमति पाइसकेका बाग्लुङ मल्म ७, गल्कोटका ३४ बषिर्य विष्णु साहनीले आज बहिान आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्दा साहनीले अनौठो तरिका अपनाएका छन् । उनले बिहान ३ बजेतिर ‘यो मेरो अन्तिम फोटो हो’ भन्दै फेसबुकमा तस्वीर अपलोड गरेका थिए । बिहान फेसबुक स्टाटस देखेपछि साथीहरुले सोधी खोजी गरेका थिए । बिहान ९ बजे बिष्णुकी श्रीमतीले उनलाई बाथरुममा मृत अबस्थामा फेला परेको बताइएको छ ।
साहनीकी श्रीमती सँगै बस्दै आएकी थिइन् । बाथरुपममा उनैले पहिलोपटक बिष्णुको शव देखेकी थिइन् । उनकी ६ बषिर्य छोरी नेपालमै रहेको पारिवारिक स्रोतले जनाएको छ । सन् २००० मा जापान प्रवेश गरेका बिष्णु कुक भिषामा जापानको ओशाकामा काम गर्दै आएका थिए । उनी ६ महिना अघिमात्र साइतामा केनमा बसाई सरेका थिए । प्रहरीले घटनाको आवश्यक जानकारी लिइरहेको छ । के कारणले उनले आत्महत्या गर्न पुगे भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन् ।
अहिले साइतमाकेनको हिगासी तोक्रोजावा प्रहरीले शब जिम्मा लिएको जापानबाट सञ्चालित कम्युनिटी न्यूज पोर्टल टोक्यो नेपालले जनाएको छ । उनको दाहसँस्कर नेपालमै गरिने भएकोले मृतकको शवलाई नेपाल पठाउने तयारी भैरहेको नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापाले जानकारी दिनुभयो । पछिल्लो दिनमा नेपालीहरुले जापानमा आत्महत्या गर्ने क्रम बढेको छ । एक साता अघिमात्र अर्घाखांचीकी अमृता थापाले बाथरुममै पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
किन बढिरहेछ आत्महत्या ?
सामान्यता एक बर्ष अघिसम्म जापानमा नेपालीहरुको मृत्यु र आत्महत्याका खवर सुन्न पाइदैनथियो । तर पछिल्ला दुई घटनामा लाउँला खाउँला भन्ने उमेरका नेपालीहरुले आफ्नै खुसीमा जीवन त्यागे ।
गैरआवासीय नेपाली संघ जापानका महासचिव डा. राजेन्द्रप्रसाद पराजुली नेपालीहरुको आत्महत्या बढ्नुमा आफैं, पारिवारिक र सामाजिक अपेक्षा पुरा गर्न नसक्दा बढेको दवाव नै प्रमुख रहेको ठान्नुहुन्छ ।
धेरैजसो मानिस जापान जाँदैमा टन्न पैसा कमाइन्छ र जीवन सुखमय हुन्छ भन्ने सोंच्छन् । तर उनीहरुको अपेक्षा बिपरित जापानमा काम पाउन निकै गाह्रो छ, चर्को खर्चका बिचमा कमाएको सीमित पैसा बच्न सक्दैन् । धेरै कमाउने आफ्नै महत्वकांक्षा, परिवारको अपेक्षा पुरा गर्न नसक्दा नेपालीहरुलाई आफुलाई आत्महत्यामा बाटोमा लगेको हुनसक्ने पराजुली बताउनुहुन्छ । यसबाहेक बिश्वमै बढि आत्महत्या गर्ने मुलुकको सूचीमा पर्ने जापानको समाज पनि त्यसका लागि जिम्मेवार रहेको उहांको ठम्माई छ ।
जापान आफैंमा बिश्वमा सवैभन्दा बढि आत्महत्या गर्ने मुलुक हो । पछिल्ला दुई बर्षको तथ्याङ्कमा हेर्दा औसतमा मासिक दुई देखि तीन हजार जापानी नागरिकहरुले आत्महत्या गरेका छन् । जापानमा नेपालीहरुको बढ्दो संख्या र सामाजिक संजालहरुको प्रभावले पनि नेपालीहरुमा आत्महत्याको क्रम बढेको हुनसक्ने पराजुलीको बुझाई छ ।
एनआरएन जापानका अध्यक्ष ओम गुरुङ पनि सोंचेअनुसार सफलता हात पार्न नसक्नुको पीडाकै कारण आत्महत्या बढेको हुनसक्ने बताउनुहुन्छ । यहाँको दैनिक जीवनको रफ्तारमा अस्तब्यस्त पारिवारिक जीवन, बोझ र असमझदारीका कारणले पनि यस्ता दुखद घटना भएको हुनसक्ने गुरुङको बुझाई छ ।
Read Post | comments

बाँकेमा जिप दुर्घटना एकको मृत्यु, १५ घाइते

बाँकेको ढकेरीमा वुधवार विहान भएको जिप दुर्घटनामा परी एक जनको मृत्यु भएको छ । दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । कचनापुरबाट कोहलपुर तर्फ आँउदै गरेको भे १ ज ७९ नम्बरको जिप ढकेरीमा दुर्घटना हुँदा सर्लापिह भक्तिपुर-७, २९ वर्षीय शारदा कर्णको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ।
घाइते १५ मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read Post | comments

फेसबुकबाटै पार्टीको नाम खोजी !

राजकुमार श्रेष्ठ
यतिबेला फुटको मौसम छ । त्यसमा पनि सत्ताधारी माओवादी र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको फुटले गल्लीगल्लीमा हल्लीखल्ली मच्चाइरहेको छ ।
फुट्दा धेरै नेताको प्रोमोसन हुन्छ, भाग्य चम्किन्छ । तर यहाँ दुःख पनि छन् । सवैभन्दा ठूलो दुःख हुँदोरैछ- नामको । हालै एकीकृत माओवादीबाट फुटेको वैद्य समूहलाई त्यस्तै संकट पर्‍यो । सुरुमा नेकपा पछि कमा राखेर माओवादी लेखेको वैद्य समूहले रातभरमै कमा हटाएर ड्यास राख्यो । उता, मातृकाको माओवादी ब्राकेटसहित नेकपा (माओवादी) छँदैछ ।
यस्तो दुःख अरुलाई पनि छ । जस्तो फोरम लोकतान्त्रिकबाट फुटेर नयाँ पार्टी बनाउन लागेको सरतसिंह भण्डारीको समूहको कुरा गरौं । उसलाई अहिले नयां पार्टीको नाम के राख्ने भन्ने टेन्सन छ ।
मधेसी जनअधिकार फोरमबाट फुटेर फोरम लोकतान्त्रिक र गणतान्त्रिक बनिसकेको छ । फोरम प्रजातान्त्रिक नाम राख्ने मनस्थितिमा रहेका भण्डारीले नामबारे फेसबुकमा समेत सल्लाह मागेका छन् । उनले भने-’नामबारे हामीले फेसबुकका समेत राय मागेका छौं । यसबारे १३ गते राष्ट्रिय राजनीतिक सम्मेलनबाट निर्णय गछौं ।’
पार्टी नबन्दै फुटको डर !
शरतसिंह भण्डारीलाई अर्को पनि टेण्सन छ । नयाँ पार्टी गठनको तयारीमा छन् । तर, उनलाई नयाँ पार्टी नबन्दा फुटको डरले सताएको छ रे । केही दिनअघि एक कार्यक्रममा भेटिएका उनले नयाँ पार्टी नबन्दै फुटको डरले घर गरेको कुरा सुनाए । ‘त्यसो नहोस भनेर हामीले अध्यक्ष बढीमा २ कार्यकालको हुने व्यवस्था राख्ने सांेचिरहेका छौं ।’-उनले सुनाए । कांग्रेसदेखि मधेसी जनअधिकार फोरमसम्म फुटाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउने भण्डारीले भने-’गिरिजाप्रसाद कोइरालाले कांग्रेसमा सबै कुरा म हुँ भनेपछि हामीले नै शेरबहादुर देउवालाई अघि सारेका हौं ।’ नेतृत्वमा ‘म’ भन्ने भावना जन्मिन नदिन आफुले प्रयास गर्ने बताए ।
Read Post | comments

विनिता र दिक्पालविरुद्ध उजुरी नै उजुरी


साईवर क्राईमको आरोप खेपेर हप्ता दिन जेल वसेका दिक्पाल कार्कीविरुद्ध फेरी अर्को उजुरी परेको छ । दिक्पाल र नायिका विनीता वरालविरुद्ध हनुमानढोकामा नयाँ कलाकार दिपशीखा खड्काले किटानी उजुरी हालेकी छिन् । उनले आफुसाग यथेष्ट प्रमाण भएको वताउादै उजुरी हालेकी हुन् ।
विनय डि.सि र सगुन के.सि नाम गरेको आईडिबाट अश्लिल र भन्नै नसक्ने म्यासेस आएको दीपशिखा बताउाछिन् । ‘दिक्पालले म्यासेस गरेको कुरा देख्ने तीन जना साक्षी त मै साग छन’- दीपशिखाको दावी छ । दिक्पालका नजिकका साथीहरु नरेन खड्का, उज्वल गिरी र पुष्प खड्कालाई साक्षीका रुपमा पेश गरेकी छिन् । तपाईलाई आएका म्यासेज कस्था थिए भन्ने हाम्रो प्रश्नमा उनले भनिन- ‘छि त्यस्तो कुरा त म बोल्नै सक्दिन ।’
त्यसरी म्यासेज पठाउने विनीता र दिक्पाल नै हुन भन्ने प्रमाण सहित मुद्दा हालेको दीपशिखाको दावी छ । उजुरी परेपछि नायिका विनीता वराल शुक्रवार हनुमानढोका पुगेकी थिईन् । हनुमानढोकामा दिपशीखाले आफुसाग चर्को कुरा गरेको वताउादै वरालले भनिन्, मैले गल्ति नै गरेकी छैन म किन डराउने ?’ आफु दीपशिखालाई संझाउन मात्र हनुमान ढोका गएको भन्दै बिनिताले भनिन-उसको वोली सुनेर म केही पनि वोल्न सकिन, मौखिक प्रमाण देखाएर मात्रै हुन्छ ? प्रमाणित गर्न सक्नुपर्‍यो नी ।’
यसैवीच नायिका वरालले आफुले पठाएको एक सन्देशप्रति कथा लेखक कुमार कट्टेलसाग माफी मागेकी छिन् । हनुमानढोका उनले प्रहरीको रोहवरमा माफी मागेकी हुन् । स्टाटसमा चपली हाईटलाई पोर्न फिल्म भनेकाले आफुले केही गाली गरेर म्यासेस पठाएको भन्दै माफी मागेकी हुन् ।
चपली हाइट खेलेर सिनेक्षेत्रमा हाइट लिन सफल नायिका वराल र उनका भाई भनिएका दिक्पाल कार्की माथि एकमाथि अर्को अपराधको अभियोग थपिरहेको छ । हाइटको ह्याङले बिनातामा मात चढेको हो वा बिनिताले दावी गरेझैं उनको हाइट घटाउनमात्र उजुरी गरिएको हो, त्यसका लागि केही दिन कुर्नैपर्ने छ ।
Read Post | comments

नायिका सारीमै सेक्सी


आखिर महिला सारी मै सेक्सी र आकर्षक देखिन्छन्, धेरैको भनाई यही नै हो । तर पछिल्लो समयमा निस्किएका बिभिन्न डिजाईनका पोशाकका कारणले गर्दा महिलाहरु रोजाईका कपडा लगाईरहेका छन् । बजारमा आएका धेरै कपडाले महिलालाई नङ्ग्याएका छन् । कतिपयले यसलाई बुझेर पनि नांगिएका छन् भने कतिपय अरुको सिको गरेर ।

चलचित्रको पर्दामा पनि यस्तै हाल छ । केही वर्ष अघिसम्म नायिकाहरु सारीमा प्रस्तुत हुन्थे । तर अहिले सिनेमाभित्र फेसनको नाममा नायिकाहरु जानी नजानी नांगिएका पाईन्छन् । नेपाली सिनेमाका नायिकाहरु पनि सारीमा निक्कै आकर्षक देखिएको पाईन्छ ।
नायिका करिश्मा मानन्धरको सुन्दरता सारीमा सधै नै चम्किएको देख्न सकिन्छ । कार्यक्रम अनुसारको पहिरन लगाउन सिपालु करिश्मा सारीमा सेक्सी देखिन्छन् । अहिले आएर नेपाली नायिकाहरुमा पनि सारीको आकर्षक बढेको पाईन्छ । नायिका नन्दिता केसीले आफ्नो फेसबुक पेजमा नारी आखिर सारीमै राम्री भएको भन्दै पोष्ट गरेको आफ्नै फोटोले पनि यो कुराको पुष्टी गर्छ ।

नायिका रेखा थापाले पनि सारीमा आफुलाई सजाउने गर्छिन् । प्रायः छोटा कपडा लगाउने रेखालाई पहिरन लगाउन नजान्ने नायिकाको रुपमा पनि हेरिन्छ । तर रेखाले पछिल्ला केही वर्ष यता सारीलाई अनुशरण गरेको पाईन्छ, जहाँ उनी सेक्सी देखिएकी छिन् ।
सारीले नायिकालाई ग्ल्यामर देखाएको पाईन्छ । विवाहीत हुन् या अविवाहीत, दुवै नायिका सारी लगाउन ईच्छुक देखिन्छन् । नायिका युना उप्रेती, ऋचा घिमिरे, सञ्चिता लुईटेल, निशा अधिकारी सबै सारी प्रति आकषिर्त देखिएका पाईन्छन् । नायिका निशा अधिकारीले मायाज बारको एक गीतमा सारी पहिरीएकी छिन्, जहाँ उनी निक्कै आकर्षक पनि देखिएकी छिन् ।



Read Post | comments

नदी किनारका सुकुम्बासीलाई सुन्दरीघाटमा राखिने दुई निकायबीच जस लिने होडले सुकुम्बासी मर्कामा

 गएको बैशाख २६ गते डोजरले घरटहरा भत्काएपछि राजधानी थापाथलीको बाग्मती नदी किनारमा बस्दै आएकामध्ये ५८ घरपरिवार अझै त्यहीं अलपत्र अवस्थामा छन् । डोजर चलाउनुअघि त्यहाँ २ सय ५२ घरटहरा थिए । डोजरले वस्ती भत्काएपछि सबैको भागाभाग भयो । अलिअलि कमाई भएका र भाडा तिरेर बस्न सक्नेहरु झिटीगुन्टा बोकेर हिंडे । साँच्चिकै सुकुम्बासीको चाहिं बिजोग भयो ।
पहिले २ सय ५२ घर परिवारमध्ये अहिले ५८ घरपरिवार मात्र थापाथलीको बागमती किनारमा छन् । बस्ने घर उजाड भएपछि उनीहरु पाल टाँगेर बसेका छन् । वषर्ाको बेला नदी किनारको चौर हिलो र पानीले ओभानो छैन । नदीमा कुनबेला बाढी आउँछ भर छैन । एकसरो पालले राम्ररी ओत ढाक्न सकेको छैन । यस्तै बिजोक सहँदै उनीहरु जसोतसो गुजारा गर्दै आएका छन् ।
यसबीचमा सरकारले अस्थायी रुपमा चोभारमा सार्ने योजना पनि बनायो । तर त्यहाँका बासिन्दाले बिरोध गरे । अहिले सरकारले इचंगुनारायणमा स्थायी घर बनाउने तयारी गरेको छ । त्यहाँ घर नबन्दासम्म हटाइएका सुकुम्बासीलाई ललितपुरको सुन्दरीघाटमा राख्ने गरी अहिले काम भैरहेको छ ।
सरकारले बुधबारदेखि रानीघाटमा अस्थायी टहरा बनाउन शुरु गरेको छ । तर त्यहाँ पनि स्थानीयबासिन्दाले बिरोध गरेका छन् । यसअघि आफूहरुको जग्गा अधिग्रहण गरेको सरकारले आफूहरुलाई सुकुम्बासी बनाएर अरु सुकुम्बासीलाई ल्याएर राख्न खोजेको भन्दै उनीहरु आक्रोशित भएका हुन् । स्थानीयबासिन्दाले बुधबार त्यस क्षेत्रमा बिरोध प्रदर्शन पनि गरे । तर प्रहरीले बल प्रयोग गरेर त्यहाँ टहरा बनाउने काम शुरु भएको छ । एकहप्तापछि टहरा बनिसक्ने र त्यसपछि सुकुम्बासीलाई राख्ने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । त्यहाँ अस्थायी रुपमा मात्रै राख्ने भएकाले बिरोध नगर्न सरकारले स्थानीयबासिन्दासित आग्रह गरेको छ ।
जस लिने होड
शहरी विकास तथा भवन निर्माण विभाग र बागमती सभ्यता एकीकृत आयोजनाको सकृयतामा बैशाख अन्तिम हप्ता थापाथली किनारबाट सुकुम्बासीलाई हटाउने काम भयो । त्यही बेला काठमाडौं विकास प्राधिकरणको आयुक्त केशव स्थापितले यसको बिरोध गरे । सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरीकन हटाउन नहुने उनको भनाई थियो । अब हटाईसकेपछि उनीहरुलाई चोभार राख्ने भनेर उनले नै भने । विभाग र आयोजनाले निश्चित रकम दिएर सुकुम्बासीलाई पठाउने योजना बनाएको थियो । तर स्थापितले अस्थायी रुपमा राख्ने भनेर सार्वजनिक गरेपछि सुकुम्बासी बिरोधी हुन नहुने भएकाले विभाग र आयोजनाले पनि समर्थन जनाए । तर स्थानीयबासिन्दाको बिरोधका कारण चोभारमा सार्ने काम हुन सकेन ।
स्थापितको योजना अनुसार काम हुन नसकेपछि अहिले विभाग र आयोजनाले रानीघाटमा सार्ने काम गर्दैछन् । तर त्यहाँ पनि योजना अनुसार काम हुने नहुने ठेगान छैन । केही गैरसरकारी संघसंस्था पनि सुकुम्बासीको लागि काम गर्ने योजना बनाउँदैछन् । तर ती निकायबीच आपसी समन्वय चाहिं हुन सकेको छैन । जस लिने होडले वास्तविक सुकुम्बासी चाहिं अलपत्र परेका छन् ।
Read Post | comments
 
© Copyright Koshi Darpan 2011 - All rights reserved | Design By: Surendra Uperkoti.