कसरी पत्ता लगाउने कम्प्युटरमा खतरनाक भाइरस छ–छैन ?

एफबीआईले सन् २०११ को नोभेम्बरमा ह्याकरहरुको एक गिरोहलाई पक्राउ गरेको थियो, जसले ४० लाख कम्प्युटरमा भाइसर पठाएका थिए । उक्त गिरोहले विभिन्न सरोबरबाट भाइसर पठाएका कम्प्युटरको प्रयोगकर्ताले जबरजस्ती विभिन्न विज्ञापन हेर्नु पर्नेछ, जसका कारण उक्त गिरोहले पैसा पाउने छ । बताइएअनुसार उक्त गिरोहले यसरी १.४० करोड डरल कमाएको छ ।
उनीहरुले इन्टरनेटमा डोमेन नेम लुक अप नामक एक कार्यप्रणाली कब्जा गरेर यस्तो गरेका हुन् । अहिले पनि थुप्रै कम्प्युटरहरुमा उक्त गिरोहले पठाएको भाइरसको असर बाँकी रहेको एफबीआईका आधिकारीह्रुले बताएका छन् । समाचार एनेज्सी रोयटर्सका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनहिरुले अवरुद्ध गरिने इन्टरनेट सेवा छिट्टै सुचारु गर्ने आश्वासन दिएका छन् ।
कसरी पत्ता लगाउने भाइरस छ छैन
आफ्नो कम्प्युटरको उक्त भाइसर छ भने केही सेकेण्डमा नै पत्ता लगाउन सक्नु हुनेछ । वेभसाइट www.dns-ok.ca/ मा गएर पेजको सबैभन्दा पुछारमा जानुहोस र Agree मा क्लिक गर्नुहोस । त्यसपछि खुल्ने पेजमा हरियो रंगको व्यानर देखिए खुसी हुनुहोस । किनकी तपाई कम्प्युटर उक्त खतरनाक भाइसरबाट सुरक्षित छ । रातो रंगको व्यानर देखिएमा भने तपाईको कम्प्युटरमा पनि उक्त गिरोहले पठाएको भाइसर छ भन्ने प्रष्ट हुनेछ । तर, तपाई इन्टीभाइरसलाई एक्टिभ गरेर त्यसलाई हटाउन सक्नु हुनेछ ।
यस्तै तपाई म्यानुअल्ली पनि यसलाई जाँच गर्न सक्नु हुनेछ । माइक्रोसफ्ट विण्डज प्रयोग गर्नु हुन्छ भने Start menu मा क्लिक गर्नुहोस र रनमा जानुहोस् । त्यहाँ cmd.exe टाइप गरेर इन्टर थिच्नुहोस् । अब कालो रंगको कमाण्ड विण्डो खुल्नेछ, जसमा ipconfig /all टाइप गरेर इन्टर थिच्नुहोस । त्यहाँ जुन जानकारी आउँछ, त्यसमा हेर्नुहोस कि तपाईको कम्प्युटरको आईपी एड्रेस र डीएनएस सर्वर तल दिइएको नम्बरमा मिल्छ कि मिल्दैन । तल दिइएको नम्बरको सिरिजसँग मिल्यो भने तपाईको कम्प्युटरमा भइरस छ भनेर जान्नुपर्छ ।
यस्तै एप्पल प्रयोग गर्नुहुन्छ भने System Preferences मा जानुहोस् । Network छान्नुहोस् र  connection used for internet access मा क्लिक गर्नुहोस् । त्यसपछि Advanced मा क्लिक गर्नुहोस् र  DNS tab मा क्लिक गर्नुहोस ।
भाइसर भएको कम्प्युटरको आईपी र डीएनएस सर्वर नम्बर
5.255.112.0 बाट 85.255.127.25
67.210.0.0 बाट 67.210.15.255
93.188.160.0 बाट 93.188.167.255
77.67.83.0 बाट 77.67.83.255
213.109.64.0 बाट 213.109.79.255
64.28.176.0 बाट 64.28.191.255
कम्प्युटरमा भाइस भेटिए के गर्ने
यस खतरनाक भाइरस हटाउने उपाय पनि इन्टरनेटमा नै छ । फ्रि भाइरस स्क्यान एण्ड रिमुबर सफ्टवेयरका लागि www.dcwg.org/fix/ मा जान सक्नु हुनेछ । त्यसअघि तपाईले आफ्नो महत्वपूर्ण डाटाहरु भने ब्याकअप राख्न नभुल्नु होला ।
एजेन्सीको सहयोगमा
Share on :

0 comments:

 
© Copyright Koshi Darpan 2011 - All rights reserved | Design By: Surendra Uperkoti.