फेसबुकबाटै पार्टीको नाम खोजी !

राजकुमार श्रेष्ठ
यतिबेला फुटको मौसम छ । त्यसमा पनि सत्ताधारी माओवादी र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको फुटले गल्लीगल्लीमा हल्लीखल्ली मच्चाइरहेको छ ।
फुट्दा धेरै नेताको प्रोमोसन हुन्छ, भाग्य चम्किन्छ । तर यहाँ दुःख पनि छन् । सवैभन्दा ठूलो दुःख हुँदोरैछ- नामको । हालै एकीकृत माओवादीबाट फुटेको वैद्य समूहलाई त्यस्तै संकट पर्‍यो । सुरुमा नेकपा पछि कमा राखेर माओवादी लेखेको वैद्य समूहले रातभरमै कमा हटाएर ड्यास राख्यो । उता, मातृकाको माओवादी ब्राकेटसहित नेकपा (माओवादी) छँदैछ ।
यस्तो दुःख अरुलाई पनि छ । जस्तो फोरम लोकतान्त्रिकबाट फुटेर नयाँ पार्टी बनाउन लागेको सरतसिंह भण्डारीको समूहको कुरा गरौं । उसलाई अहिले नयां पार्टीको नाम के राख्ने भन्ने टेन्सन छ ।
मधेसी जनअधिकार फोरमबाट फुटेर फोरम लोकतान्त्रिक र गणतान्त्रिक बनिसकेको छ । फोरम प्रजातान्त्रिक नाम राख्ने मनस्थितिमा रहेका भण्डारीले नामबारे फेसबुकमा समेत सल्लाह मागेका छन् । उनले भने-’नामबारे हामीले फेसबुकका समेत राय मागेका छौं । यसबारे १३ गते राष्ट्रिय राजनीतिक सम्मेलनबाट निर्णय गछौं ।’
पार्टी नबन्दै फुटको डर !
शरतसिंह भण्डारीलाई अर्को पनि टेण्सन छ । नयाँ पार्टी गठनको तयारीमा छन् । तर, उनलाई नयाँ पार्टी नबन्दा फुटको डरले सताएको छ रे । केही दिनअघि एक कार्यक्रममा भेटिएका उनले नयाँ पार्टी नबन्दै फुटको डरले घर गरेको कुरा सुनाए । ‘त्यसो नहोस भनेर हामीले अध्यक्ष बढीमा २ कार्यकालको हुने व्यवस्था राख्ने सांेचिरहेका छौं ।’-उनले सुनाए । कांग्रेसदेखि मधेसी जनअधिकार फोरमसम्म फुटाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउने भण्डारीले भने-’गिरिजाप्रसाद कोइरालाले कांग्रेसमा सबै कुरा म हुँ भनेपछि हामीले नै शेरबहादुर देउवालाई अघि सारेका हौं ।’ नेतृत्वमा ‘म’ भन्ने भावना जन्मिन नदिन आफुले प्रयास गर्ने बताए ।
Share on :

0 comments:

 
© Copyright Koshi Darpan 2011 - All rights reserved | Design By: Surendra Uperkoti.